विद्यार्थी प्रतिनिधिको उपस्थितिबिनै त्रिवि सभा बस्दै
सारांश
- त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) भोलि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।
- सिनेट बैठकमा आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ।
- विद्यार्थी प्रतिनिधिहरूको नियुक्ति बिना नै सभा बोलाइएको भन्दै विरोध भएको छ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सभा (सिनेट) भोलि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सिनेटबाट आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम पारित गर्ने कार्यक्रम रहेको छ ।
विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिविका उपकुलपति प्राडा खड्क केसीलाई पत्राचार गरेर २६ गते सिनेट बस्ने जानकारी गराएका थिए । सोही आधारमा त्रिविले आवश्यक तयारी गरेको छ । तर, सभा सीमित सिनेट सदस्यहरूको उपस्थितमा हुने देखिएको छ ।
त्रिवि कार्यकारी परिषद्ले नियुक्त गर्नुपर्ने विद्यार्थी प्रतिनिधिहरूलाई अहिलेसम्म नियुक्त गर्न सकेको छैन । त्रिवि स्ववियु अध्यक्ष दीपकराज जोशीले विद्यार्थीको प्रतिनिधित्वबिनै सभा बोलाइएको बताए । दुई दिन अगाडि एजेन्डासहित जानकारी गराउनुपर्ने, विद्यार्थीहरू तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यहरू नियुक्त गरिसक्नुपर्ने विषय अहिलेसम्म नभएको उनको भनाइ छ ।
कार्यकारी परिषद्ले विद्यार्थी, उद्योग व्यवसायी लगायतको तर्फबाट १० जना सदस्य नियुक्त गर्नुपर्ने हुन्छ । तर, अहिलेसम्म आफूहरूलाई केही जानकारी नआएको जोशीको भनाइ छ । प्रधानमन्त्रीको कब्जामा त्रिवि परेको भन्दै उनले विद्यार्थीको प्रतिनिधित्व नभई सभा बस्न नहुने बताए ।
यसअघि असार २२ गतेका लागि त्रिवि सभा बोलाइएको थियो । प्रधानमन्त्रीकै निर्देशनमा अघिल्लो दिन सभा स्थगित भएको थियो । सभा स्थगित गर्दै प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला गएका थिए । प्रधानमन्त्री ओलीले यो पटक अधिकांश विश्वविद्यालयको सभा बालुवाटारमै बोलाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
-
हानि तथा क्षतिका विषयमा संवेदनशील ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्नेमा जाेड
-
कांग्रेस नफुटाउन स्थानीय तहका जनप्रतिनिधिको दबाब, तस्बिरहरू
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण