आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : झाँक्रीको समर्थनमा झलनाथ, देउवाले गर्दा ओलीलाई राहत

बुधबार, २५ असार २०८२, २२ : ००
बुधबार, २५ असार २०८२

आज २०८२ असार २५ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • न्यूनतम पारिश्रमिक

श्रम ऐन, २०७४ मा भएको व्यवस्था अनुसार सरकारले श्रमिकको नयाँ न्यूनतम पारिश्रमिक तोक्ने गृहकार्य तीव्र तुल्याएको छ । आगामी आर्थिक वर्ष (२०८२/८३) देखि लागु हुने गरी पारिश्रमिक तोक्ने प्रक्रिया अन्तिम चरणमा पुगेको हो ।

  • कर्णालीको प्रशासनिक पुनर्संरचना

कर्णाली प्रदेश सरकारले प्रदेशको प्रशासनिक संरचना पुनर्संरचना गर्ने निर्णय गरेको छ । यसका लागि एक उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्न मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवको नेतृत्वमा छुट्टै समिति गठन गरेको छ । बैठकले लामो समयदेखि गोप्य राखिएको उक्त प्रतिवेदनलाई सार्वजनिक समेत गरेको छ ।

  • राजश्व छली

एउटा उत्पादनमूलक उद्योगले आफ्नो उत्पादन बेच्दा भ्याट तिर्नुपर्ने हुन्छ । यो भ्याट दायित्व कम गर्न उसले नभएको कच्चा पदार्थ खरिद गरेको भनेर नक्कली बिल किन्छ । जब अडिटरले वासलात हेर्छ, त्यहाँ दुई वटा कुरा देखिन्छ । एउटा कागजमा खरिद देखाइएकाले कम्पनीको मौज्दात अस्वाभाविक रूपमा बढेको देखिन्छ, तर भौतिक रूपमा त्यो सामान कहीँकतै हुँदैन ।

  • ओलीलाई राहत

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा भएको चर्चालाई लिएर वर्तमान सत्ता गठबन्धनको आयु सकिन लागेको हो कि भन्ने आशङ्का बढिरहेको समयमा कांग्रेस सभापति देउवाले तमाम आशङ्कामाथि पूर्णविराम लगाइदिएका छन् ।

  • विज्ञको सुझाव

 सरकारले नयाँ बैंक खोल्न इजाजतपत्र (लाइसेन्स) खुला गर्नुपर्ने विज्ञहरूले माग राखेका छन् । बुधबार प्रतिनिधि सभाअन्तर्गत अर्थसमितिले आगामी मौद्रिक नीतिका विषयमा विज्ञसहित राष्ट्र बैंकसँगको छलफलमा यस्तो माग उठेको हो । 

  • नयाँ उपकुलपति

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिवि जल तथा मौसम केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख रहेको अर्याललाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

  • झाँक्रीमाथि कारबाहीको विपक्षमा

 नेकपा एकीकृत समाजवादी पार्टीले पतञ्जली जग्गा खरिदबिक्री प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्दा खेपिरहेका आफ्ना अध्यक्ष माधवकुमार नेपालबारे ठोस निर्णय लिन सकेन ।

  • आतङ्कवादको चुनौती

दक्षिण एसियामा आतङ्कवादी गतिविधिमा बढ्दै गएको भन्दै सरोकारवालाहरूले त्यसमा चिन्ता व्यक्ति गरेका छन् । उनीहरुले दक्षिण एसियाका देशहरूमा पटक पटक आतङ्कवादी हमला भएको उल्लेख गर्दै लड्नका लागि सबै देशहरू एकजुट हुनुपर्ने बताएका छन् ।

  • कर्जा असुली न्यायाधीकरण

नियमावली बनेको ६ वर्षपछि सहकारी कर्जा असुली न्यायाधीकरणको गाँठो फुकेको छ । सरकारले सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ ले अनुसारको ‘कर्जा असुली न्यायाधीकरण’ स्थापना गरेसँगै निष्क्रिय बनेको कानुनी व्यवस्था कार्यान्वयनको बाटो खुलेको हो । 

  • हिमतालको जोखिम

मंगलबार बिहान चीन-नेपाल सीमाको रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको प्रारम्भिक कारण हिमनदीको माथि बनेको ताल (सुप्राग्लेशियल लेक) फुट्नु रहेको चिनियाँ गाओफेन स्याटेलाइट तस्बिरहरूले देखाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप