दक्षिण एसियाका लागि आतङ्कवादको चुनौती : नेपाल कति प्रभावित ?
सारांश
- दक्षिण एसियामा बढ्दो आतङ्कवादी गतिविधिप्रति सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
- कार्यक्रममा वक्ताहरूले आतंकवाद नियन्त्रणका लागि सबै देश एकजुट हुनुपर्ने र अवैध कारोबार रोक्नुपर्ने बताए।
- नेपालका नेताहरूले भारतको पहलगाम घटना र अन्य आतङ्कवादी हमलाको चर्चा गर्दै नेपाल सचेत रहनुपर्नेमा जोड दिए।
काठमाडौँ । दक्षिण एसियामा आतङ्कवादी गतिविधिमा बढ्दै गएको भन्दै सरोकारवालाहरूले त्यसमा चिन्ता व्यक्ति गरेका छन् । उनीहरुले दक्षिण एसियाका देशहरूमा पटक पटक आतङ्कवादी हमला भएको उल्लेख गर्दै लड्नका लागि सबै देशहरू एकजुट हुनुपर्ने बताएका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्ट बुधबार आयोजना गरेको “दक्षिण एसियामा आतंकवादः क्षेत्रीय शान्ति र सुरक्षाप्रतिको चुनौती’ विषयक उच्चस्तरीय कार्यक्रममा परराष्ट्र तथा सुरक्षाका जानकारहरूले आतकंवादीहरुको गतिविधिप्रति चिन्ता जाहेर गरेका छन् ।
पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एन पी साउदे दक्षिण एसियामा मात्र होइन, विश्वमै आतकंवादले आफ्ना गतिविधि बढाएको र त्यो चिन्ताको विषय बनैको बताए । दक्षिण एसियामा जसरी आतङ्कवादी गतिविधिहरू बढीरहेका बताउँदै त्यसबाट नेपाल सचेत रहनुपर्ने अवस्था आएकाे उनले बताए ।
उनले भने, ‘हालै भारतको पहलगाममा भएको आतङ्कवादी हमलामा एक जना नेपालीको निधन भएको छ, हमासले इजाराइलमाथि हमला गर्दा १० जना नेपाली विद्यार्थीका ज्यान गएको छ, इराकमा १२ जना नेपालीको हत्या गरिएको थियो यी सबे आतकंवादसँग सम्बन्धित छ ।’
भारतले आतकंवादको विरुद्ध पाकिस्तानमाथि सैनिक कारबाही गर्यो, भारतमा भएको आतकंवादी हमलाको नेपालले पनि विरोध गरेको बताउँदै उनले आतकंवादीसँग लड्नका लागि एक्ले एक्लैले हुँदैन सबै एकजुट भएर लड्नुपर्ने धारणा राखे ।
पूर्व रक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले पनि भारतमा भएको आतङ्कवादी आक्रमणले नेपाल पनि त्यसबाट प्रभावित भएको बताए ।
पाकिस्तानले आतङ्कवादलाई प्रोत्साहन गरेको कारण सार्क निष्क्रिय भएको बताउँदै उनले आतकंवादी गतिविधिले गर्दा पाकिस्तान स्वयं आर्थिक रूपमा घाटामा रहेको बताए । उनले दक्षिण एसियामा बढेको आतकंवादी गतिविधिका कारण क्षेत्रीय आर्थिक एकतालाई प्रभावित पारेको र त्यसमा पाकिस्तान पनि अछुतो नरहेको बताए ।
सेप्टेम्बर ११ मा अमेरिकामाथि आतङ्कवादीले आक्रमण गर्दा त्यतिबेला विश्व नै आतकंवादको विरुद्धमा लागेको थियो, त्यस्तै एकताको आवश्यकता अहिले पनि रहेको धारणा उनले राखे ।
नेपाली कांग्रेसका सांसद चन्दा चौधरीले अन्तरदेशीय आतङ्कवाद नियन्त्रण गर्नका लागि विभिन्न खालको अवैध कारोबारलाई रोक्न आवश्यक रहेको बताए ।
विश्वमा भइरहेको विभिन्न अनियमित आर्थिक गतिविधिको जड नै आतकंवाद भएकाे बताउँदै त्यसलाई नियन्त्रण गर्न सक्नुपर्ने बताइन् । विश्वमा जति पनि पैसाको अवैध कारोबार हुन्छ ती सबैमा आतकंवादीहरुको संलग्नता रहेको उनले बताइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद् शिशिर खनालले भारतको पहलगाममा भएको आतङ्कवादी आक्रमणको जवाफ अपरेशन सिन्दूर चलाएर भारतले आतकंवादीलाई जवाफ दिन सफल भएको बताए ।
राष्ट्रपति रामचन्द्र पौडेलका सल्लाहकार सुनील बहादुर थापाले लश्कर–ए–तैयबा को अल–कायदासँगको सम्बन्ध रहेको, यसले नेपाललाई ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएकाले यसले क्षेत्रीय सुरक्षामा गम्भीर खतरा उत्पन्न गराएको बताए ।
यस्ता जटिल समस्यालाई समाधान गर्नका लागि सम्बन्धित सुरक्षा निकाय सचेत रहनुपर्ने बताउँदै उनले खुल्ला सीमाका कारण नेपालमा पनि आतकंवादको चुनौती रहेको बताए ।
नेपाली सेनाका पूर्व जनरल डा. पूर्ण सिलवालले आतङ्कवाद नियन्त्रणमा दोहोरो मापदण्ड अपनाउन नहुने बताए । आतकंवादलाई पूर्णरूपमा अन्त्य गर्न हो भने यसका लागि सबै एकजुट हुनुपर्ने कुरामा उनले जाेड दिए ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक डा.प्रमोद जैसवालले पाकिस्तान दक्षिण एसियाको आतङ्कवादको केन्द्रबिन्दु रहेको र त्यसले आतंकवादीहरूलाई हुर्काउने र संरक्षण गर्ने कार्य गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण