याकारिनोले दिइन् ‘एक्स’को सीईओबाट राजीनामा
सारांश
- एक्सकी सीईओ लिन्डा याकारिनोले पदबाट राजीनामा दिएकी छिन्, उनले जुन २०२३ देखि जिम्मेवारी सम्हालेकी थिइन्।
- याकारिनोले मस्कप्रति आभार व्यक्त गर्दै अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र एक्सलाई एभ्रिथिङ एप बनाउन सहयोग गरेको बताइन्।
- एलन मस्कले याकारिनोको राजीनामाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्, उनी एनबीसी युनिभर्सलमा विज्ञापन विभाग प्रमुख थिइन्।
काठमाडौं ।एलन मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ की प्रमुख कार्यकारी अधिकृत (सीईओ) लिन्डा याकारिनोले आफ्नो पदबाट राजीनामा दिएकी छिन्। उनले सन् २०२३ को जुन महिनादेखि यो जिम्मेवारी सम्हालेकी थिइन्।
एक्समा गरिएको पोस्टमार्फत याकारिनोले मस्कप्रति आभार व्यक्त गर्दै भनिन्, ‘अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, कम्पनीमा आमूल परिवर्तन र एक्सलाई एभ्रिथिङ एप बनाउनको जिम्मेवारी दिएकोमा म एलनप्रति आभारी छु।’
राजीनामा घोषणा गर्दै उनले लेखिन्, “दुई असाधारण वर्षपछि म यो जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेकी हुँ।” साथै उनले एलन मस्कसँगको पहिलो भेटमा ‘एक्स’ को भविष्य र सम्भावना बुझेर आफू उत्साहित भएको बताइन्।
एलन मस्कले भने अहिलेसम्म याकारिनोको राजीनामा बारे कुनै प्रतिक्रिया दिएका छैनन्।
यसअघि याकारिनो अमेरिकी मिडिया कम्पनी एनबीसी युनिभर्सलमा विज्ञापन विभाग प्रमुखको रूपमा कार्यरत थिइन्।
याकारिनोको कार्यकालका क्रममा एलन मस्क विभिन्न विवादमा पनि तानिए। हालै मस्कको एआई च्याटबोट ‘ग्रोक’ मा हिटलरको पक्षमा बोलेको भनिएको सामग्री सार्वजनिक भएपछि आलोचना भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण