मुख्यमन्त्री आचार्यद्वारा एनटिभी कोहलपुरको निरीक्षण
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन्।
- मुख्यमन्त्रीले सूचना प्रविधिको विकाससँगै देखिएका विकृति अन्त्य गर्न निष्पक्ष समाचारको आवश्यकता औंल्याए।
- मुख्यमन्त्रीले मिडियासँगको सहकार्य र सरकारी सेवालाई प्रभावकारी बनाउने कुरा बताए।
बाँके । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एनटिभी कोहलपुरको निरीक्षण गरेका छन् । बिहीबार बाँकेको कोहलपुर पुगेर मुख्यमन्त्री आचार्यले कार्यालयको कार्य प्रणाली, पूर्वाधार तथा प्रसारण संयन्त्रबारे जानकारी लिएका हुन् ।
मुख्यमन्त्री आचार्यलाई एनटिभी कोहलपुरका प्रमुख नीराजन खनालसहितको टोलीले स्वागत गरेको थियो । निरीक्षणका क्रममा मुख्यमन्त्री आचार्यले सूचना प्रविधिको तीव्र विकाससँगै देखिएका विकृति र विसङ्गतिहरूको अन्त्यका लागि तथ्यमा आधारित, निष्पक्ष र सन्तुलित समाचार सम्प्रेषण अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गरे ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकार मिडिया क्षेत्रसँग सहकार्य गरेर सरकारी सेवाहरूलाई अझ बढी पहुँचयुक्त र प्रभावकारी बनाउन प्रयत्नशील रहेको जानकारी पनि दिए ।
निरीक्षणमा मुख्यमन्त्री आचार्यसँगै आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य वसन्ती न्यौपानेलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो ।
एनटिभी कोहलपुरका प्रमुख खनालले सञ्चारगृहको वर्तमान अवस्था, उपलब्ध साधन–स्रोत, सामग्री उत्पादन र प्रसारणको अवस्था बारेमा जानकारी गराउँदै प्रदेशस्तरीय सूचना सम्प्रेषणलाई प्रभावकारी बनाउने दिशामा थप लगानी र सहकार्य आवश्यक रहेको धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण