ट्राफिक नियम उल्लङ्घनबाट पाल्पामा तीन करोडभन्दा बढी राजस्व सङ्कलन
शुक्रबार, २७ असार २०८२, ०१ : १४
सारांश
- पाल्पा ट्राफिक कार्यालयले तीन वर्षमा ट्राफिक नियम उल्लंघन गर्नेहरूबाट ३ करोड २२ लाख जरिवाना संकलन गर्यो।
- २०७८/०७९ देखि जेठ मसान्तसम्म ५९ हजार ७५५ जनाबाट जरिवाना असुल गरिएको प्रमुख आचार्यले बताए।
- सडकमा लापरबाही र नियम उल्लंघनका कारण २ सय ४३ दुर्घटना हुँदा १ सय २४ जनाको मृत्यु भयो।
पाल्पा। जिल्ला ट्राफिक कार्यालय पाल्पाले पछिल्ला तीन वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्नेहरूमाथि कारबाही गर्दै करिब तीन करोड २२ लाख रुपैयाँ जरिवाना स्वरूप राजस्व सङ्कलन गरेको छ।
कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार आर्थिक वर्ष २०७८/०७९ देखि चालु आवको जेठ मसान्तसम्म ५९ हजार ७ सय ५५ जनाबाट तीन करोड २१ लाख ९० हजार ६ सय जरिवाना असुल गरिएको हो। उनका अनुसार ट्राफिक नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउने, भाडा बढी असुली गर्ने, निजी गाडी प्रयोग गरी यात्री बोक्ने लगायतका गतिविधि गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप सङ्कलन गरिएको हो ।
प्रमुख आचार्यका अनुसार सडकमा बढ्दो लापरवाही र ट्राफिक नियमको अवज्ञाका कारण समस्या जटिल बन्दै गएको छ। यही अवधिमा २ सय ४३ वटा सवारी दुर्घटना हुँदा १ सय २४ जनाको ज्यान गएको र ८३ जना घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण