गृहसचिव दुवाडीले किन लेखे ४ मन्त्रालयका ५ सचिवलाई पत्र ?
सारांश
- गृहसचिव गोकर्णमणि दुवाडीले ५ सचिवलाई जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न पत्र लेखेका छन्।
- उनले सार्वजनिक पूर्वाधार निर्माणमा सावधानी अपनाउन, सरसफाइ र मर्मत सम्भारमा ध्यान दिन आग्रह गरेका छन्।
- सचिव दुवाडीले मन्त्रालयअन्तर्गतका योजनाहरूमा सतर्कता अपनाउन आग्रह गर्दै दुर्घटना रोक्न पहल गर्न भनेका छन्।
काठमाडौँ । गृहसचिव गोकर्णमणि दुवाडीले ५ सचिवलाई पत्र लेखेका छन् । सचिव दुवाडीले जोखिम न्यूनीकरणको सम्बन्धमा आवश्यक पहल गर्न आग्रह गर्दै ४ मन्त्रालयका ५ सचिवलाई पत्र लेखेका हुन् ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उर्जासचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा र खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलाई गृहसचिव दुवाडीले पत्र लेखेका हुन् ।
रातोपाटीलाई प्राप्त सबै सचिवलाई लेखेका पत्रमा मन्त्रालयअन्तगर्तका जोखिमका घटना सम्झाउँदै न्यूनीकरणका लागि आवश्यक पहल गर्न आग्रह गरिएको छ ।
पत्रमा सचिव दुवाडीले सार्वजनिक पूर्वाधार निर्माणका क्रममा अपनाउनुपर्ने पूर्व तयारी, पर्याप्त सतर्कता एवं सावधानीका साथै काम सम्पन्न भइसकेपछि एरिया सरसफाइ तथा खाल्डाखुल्डी पुर्ने नियमित मर्मत सम्भारको काममा कमी हुँदा दुर्घटना हुने भन्दै त्यसलाई रोक्ने पहल गर्न आग्रह गरेका छन् ।
उनले यस वर्षसमेत यस्ता घटना घट्न सक्ने विषयलाई गम्भीरतापूर्वक लिई मन्त्रालयअन्तर्गतका योजनाहरूलाई बेलैमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के भइरहेछ दिल्लीको मुटुमा ?
-
गुयानामा डुंगा दुर्घटना: २७ जनाको शव फेला, चालक दलमाथि अनुसन्धान
-
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पले भने, ‘नेतन्याहू अमेरिकामा कुनै पनि हालतमा पक्राउ पर्ने छैनन्’
-
अतिक्रमित वनक्षेत्रको संरचना हटाइयो
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण