एनपीएल रोक्ने मेरो कुनै मनसाय छैन : मन्त्री चौधरी
शुक्रबार, २७ असार २०८२, १६ : ४८
सारांश
- युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने आफ्नो कुनै मनसाय नरहेको बताए।
- मन्त्री चौधरीले एनपीएल रोक्न चाहेको भन्ने विषय गलत भएको भन्दै विज्ञप्ति निकालेका छन्।
- आर्थिक विषय र अदालतमा मुद्दा चलेको विषय छानबिन गर्न कमिटी बनाइएको उनले बताए।
काठमाडौँ । युवा तथा खेलकलुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट रोक्ने आफ्नो कुनै मनसाय नभएको बताएका छन् । पछिल्लो समय राजनीतिक कारणले खेलकुद मन्त्री चौधरीले प्रतियोगिता रोक्न चाहेको भन्ने चर्चा चलेको थियो ।
मन्त्री चौधरीले शुक्रबार एक विज्ञप्ति निकाल्दै आफूले एनपीएल रोक्न चाहेको भन्ने विषय गलत भएको बताएका छन् ।
‘एनपीएल रोक्ने मेरो कुनै मनसाय छैन । आर्थिक विषयमा भएको कुरा र अदालतमा मुद्दा चलेको विषयलाई छानबिन गर्न कमिटी बसालेको हो,’ मन्त्री चौधरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण