वडाध्यक्षले अध्यक्षलाई ‘बाउको सम्पत्ति हो’ भनेपछि ग्रामथानमा विवाद
सारांश
- मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्षलाई प्रश्न सोधेपछि दुई वडाध्यक्ष निलम्बनमा परेका छन्।
- गाउँ सभामा अनुशासन भङ्ग गरेको आरोपमा उनीहरूलाई ७ दिनका लागि सभामा सहभागी हुन रोक लगाइएको छ।
- निलम्बित वडाध्यक्षहरूले अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्, भने अध्यक्षले भने अभद्र व्यवहार भएको बताएका छन्।
विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीलाई ‘बाउको सम्पत्ति हो ?’ भनेर प्रश्न गरेपछि दुई जना वडाध्यक्ष निलम्बनमा परेका छन् ।
गाउँपालिका अध्यक्ष माझीले गाउँ सभामा अनुशासन भङ्ग गरेको आरोप लगाउँदै दुई जना वडाध्यक्षलाई सभामा सहभागी हुनबाट ७ दिनका लागि निलम्बन गरेका हुन् । अध्यक्ष माझीले बिहीबार एक पत्र जारी गर्दै वडा नम्बर ५ का अध्यक्ष भेषनारायण चौधरी र वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरीलाई सात दिनसम्म गाउँ सभामा आउन नपाउने आदेश दिएका हुन् ।
पत्रमा गाउँ सभाको १७ औं बैठकमा उनीहरूले अनुशासन भङ्ग गरेको, अपमानजनक शब्द बोलेको र सभाको प्रतिष्ठामा धक्का पुर्याएको आरोप लगाइएको छ । अध्यक्ष माझीले ‘ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि २०७४ को दफा १६(४)’ अनुसार उक्त आदेश दिएको जनाएका छन् ।
निलम्बित दुवै वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन् भने अध्यक्ष माझी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् । निलम्बनमा परेका वडाध्यक्षहरूले भने आफूहरूले प्रक्रियागत प्रश्न उठाउँदा अध्यक्षले निरंकुश तरिकाले कारबाही गरेको बताएका छन् ।
पालिका अध्यक्ष माझीले भने गाउँ सभामा भएको अभद्र व्यवहार र पालिकाको कामकारबाहीमा निरन्तर गरिएको अवरोधको कारण निलम्बन गरेको जनाएका छन् । ‘अध्यक्षको कुरा नमान्ने, आफ्नै हिसाबले बोल्ने, टेबल ठोक्ने, चुप लाग्न आग्रह गर्दा पनि अटेर गर्ने जस्ता गतिविधि भए । गाउँ सभा सञ्चालन ऐन र कार्यविधिको ठाडो उल्लंघन भयो । यस्तो अराजकतालाई पालिकाले सहन सक्दैन,’ उनले भने ।
उनले आफूलाई ‘यो तिम्रो बाउको हो ?’ जस्ता अमर्यादित कुरा गरेकोले निलम्बन गर्नुपरेको बताए । ‘पछिल्लो १८ पटक कार्यपालिका बैठक बोलाउँदा जम्मा २ वटा बैठक मात्र राम्रोसँग सम्पन्न भए, १६ वटा बैठक उहाँहरूकै कारणले असफल भए,’ माझीले भने ।
२०७९ को निर्वाचनमा विजयी तत्कालीन अध्यक्ष जयप्रकाश गच्छदार थारुको निधनपछि भएको उपनिर्वाचनमा माझी विजयी भएका थिए । उनी निर्वाचित भएदेखि नै पालिकामा विभिन्न विवादहरू उत्पन्न हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण