सूचना आयोगका पूर्वअध्यक्ष बास्कोटालाई पितृ शोक
शनिबार, २८ असार २०८२, ११ : ३४
सारांश
- राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटाका पिता हरिहर बास्कोटाको निधन भएको छ।
- हरिहर बास्कोटाको १०० वर्षको उमेरमा कुलेश्वरस्थित निवासमा निधन भएको हो।
- स्वर्गीय बास्कोटाको नाममा धादिङका विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ।
काठमाडौँ । राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।
समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५० लाखभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।
उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उनका दुई छोरी र चार छोरा रहेका छन् । स्व.बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण