देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेका ३९ जना पक्राउ
सारांश
- प्रहरीले देशभरबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ।
- मकवानपुर, जुम्ला र काभ्रेबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।
- पक्राउ परेका व्यक्तिहरूबाट नगद र कौडा तथा तास बरामद गरिएको छ।
काठमाडौं । प्रहरीले गए राति र शुक्रबार दिउँसो देशभरका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा आयोजक र खेलाडी दुवै सामेल छन् ।
मकवानपुरको बकैया गाउँपालिका-५ राजदमारस्थित ४६ वर्षीय मिलन थिङको घरबाट जुवा खेलिरहेको अवस्थामा मिलनसहित २२ जनालाई प्रहरीले गए राति पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ८ लाख ३६ हजार ४० रुपैयाँ नगद र ३ सेट कौडा बरामद गरेको छ।
- जुम्लामा होटलबाट १० जना समातिए
जुम्लाको पातारासी गाउँपालिका-५ लासी बजारस्थित ४८ वर्षीया उर्मिला बुढाले सञ्चालन गरेको ओम हिमा होटलमा जुवातास खेलिरहेको अवस्थामा उर्मिलासहित १० जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ लाख २८ हजार २०० रुपैयाँ नगद बरामद गरेको छ।
- काभ्रेमा ७ जना पक्राउ
त्यसैगरी, काभ्रेको बनेपा नगरपालिका-७ गोदाम चोकमा डेरा गरी बस्ने भारत बिहार, पूर्वी चम्पारण-११ घर भएका रवि कुमार जैसवालको कोठामा जुवातास खेलिरहेको अवस्थामा रविसहित ७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट ६२ हजार ६८० रुपैयाँ नगद र ३ बुक तास बरामद गरेको छ।
पक्राउ परेका सबैमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण