काठमाडौँ जिल्ला अदालत बारको अध्यक्षमा चिलुवाल
आइतबार, २९ असार २०८२, १५ : ००
सारांश
- सुवोधबाबु चिलुवाल काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका छन्।
- उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल लगायत अन्य पदमा पनि निर्वाचन सम्पन्न भयो।
- निर्वाचन अधिकृत दीपक कुमार शाहले शनिबारको निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरे।
काठमाडौँ । काठमाडौँ जिल्ला अदालत बार एसोसिएसनको अध्यक्षमा सुवोधबाबु चिलुवाल निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र तिवारीलाई पराजित गर्दै विजय हासिल गरेका हुन् ।
शनिबार सार्वजनिक निर्वाचनको अन्तिम नतिजाअनुसार उपाध्यक्षमा लक्ष्मी सापकोटा घिमिरे, सचिवमा पुरुषोत्तम अर्याल, सहसचिवमा अनिता शर्मा, कोषाध्यक्षमा प्रमिला कायस्थ निर्वाचित भएका छन् ।
यसैगरी महिला सदस्यमा सम्झना केसी र तुलसा खरेल तथा खुला सदस्यमा सरोज लामा, उदयन रेग्मी, विक्रम खत्री, जनकसिंह साउद, सुरेन्द्र रायमाझी, गणेश भट्टराई, कृष्ण प्रसाद दाहाल, तुल्सीराम पराजुली, सुनिल कुमार यादव, बोध विक्रम थापा, रामबहादुर शाही र सरोज सिलवाल निर्वाचित भएको निर्वाचन अधिकृत दीपक कुमार शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण