प्रधानमन्त्रीको स्पेन भ्रमणमा पुगेका व्यक्ति नफर्किएको कुरा पुष्टि भयो : सुमना श्रेष्ठ
सारांश
- सांसद सुमना श्रेष्ठले स्पेन भ्रमणमा नफर्किएका व्यक्तिको विषय संसदमा उठाएको कुरा पुष्टि भएको बताइन्।
- सदनमा आन्दोलन भइरहेको बेला पनि बिचौलियालाई कुनै सङ्कोच नभएकोमा श्रेष्ठले आक्रोश पोखिन्।
- श्रेष्ठले भिजिट भिसाको समस्या समाधानका लागि संसदीय छानबिनको माग गरिन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणका बेला नफर्किएका व्यक्तिको विषयमा आफूहरूले संसदमा उठाएको कुरा पुष्टि भएको दाबी गरेकी छिन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै श्रेष्ठले सदनमा आन्दोलन भइरहेको बेला पनि बिचौलियालाई कुनै सङ्कोच नभएकोमा आक्रोश पोखिन् ।
‘सम्माननीय सभामुख महोदय, हामीले उठाउँदै आएको विषय स्पेनको सेभिल को केसले झन् पुष्टि गर्यो कति महत्त्वपूर्ण छ र सान्दर्भिक र औचित्यपूर्ण छ भनेर । सबैभन्दा दुःखको कुरा चाहिँ– सदनमा आन्दोलन हुँदै गर्दाको बेला पनि बिचौलियाहरूलाई न डर न भय न सङ्कोच। कसैको अकरमन्यताले गर्दा यस्तो आँट मानव तस्कर र स्मगलरहरुमा पलाएको हो ? सदनको गरिमा त निलो रिबनमा भन्दा यसमा खोज्नु पर्ला सभामुख महोदय। देशको उच्चतम निकायको गरिमा कसले खसाएको छ र कसरी ?’, उनले प्रश्न गरिन् ।
२०७८ साल फागुनमा बनेको ‘भिजिट भिसा र सो बाट सृजित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलको अध्ययन प्रतिवेदन’ले गृह मन्त्रालयको कुनै कुनामा धुलो बटुलेर बसेको उनले बताइन् । कोभिड पछिको समयमा दुबईमा नेपालीहरू भिजिट भिसामा बिचल्ली परेपछि गठित त्यो कार्यदल र अहिलेको कार्य दलमा केही फरक नभएकाले संसदीय छानबिन समिति मागेको श्रेष्ठले दाबी गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले भन्यो– कर्मचारी पदपूर्ति प्रक्रिया रोकिएको छैन
-
विश्वकप २०२६ : कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण