काठमाडौँबाट कावासोती जाँदै गरेकी महिला गल्छीबाट सम्पर्कविहीन, सशस्त्रले थाल्यो खोजी
सोमबार, ३० असार २०८२, ०९ : ४०
सारांश
- काठमाडौँबाट कावासोती जाँदै गरेकी एक महिला धादिङको गल्छीबाट सम्पर्कविहीन भइन्।
- माइक्रो चालकले महिला हराएको खबर प्रहरीलाई गरेपछि खोजी सुरु भयो।
- खोजी टोलीले महिलाको चप्पल फेला पारेको छ, नदीमा हाम फालेको आशंका छ।
काठमाडौँ । काठमाडौँबाट हाइस माइक्रो चढेर कावासोतीतर्फ जाँदै गरेकी एक जना महिला सम्पर्क विहीन भएकी छन् । आइतबार साँझ धादिङको गल्छीबाट उनी सम्पर्क विहीन भएकी हुन् ।
करिब ३२ वर्षीया महिला शौच गर्न गएको र नफर्केको भनेर बा.३ ख ८०९१ नम्बरको माइक्रो चालकले जिल्ला प्रहरी कार्यालय धादिङको कन्ट्रोल रुममा खबर गरेका थिए ।
इलाका प्रहरी कार्यालय गजुरी र सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाटको टोलीले उनको खोजी थालेका छन् । शौच गर्न गएको ठाउँभन्दा करिब ५० फिट तल महिलाको एक जोर चप्पल भेटिएको छ ।
ती महिलाले चप्पल छाडेर नदीमा हाम फालेको हुनसक्ने खोजीमा संलग्न अधिकृतहरू बताउँछन् । नदी क्षेत्रमा खोजी तीव्र पारिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण