मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम

मङ्गलबार, ३० असार २०८३, १० : २१
मङ्गलबार, ३० असार २०८३

सारांश

  • बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ।
  • चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना छ।
  • भोलि र पर्सि पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ।

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको उच्च जोखिम रहेको जनाएको छ। 

महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिन अनुसार चितवन, तनहुँ, कास्की, स्याङ्जा, सुर्खेत र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा आकस्मिक बाढी आउने उच्च सम्भावना छ।

यसैगरी पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, भोजपुर, संखुवासभा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट र धादिङका स-साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने अनुमान छ।

काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, मकवानपुर, पर्सा, बारा, रौतहट, सर्लाही, गोरखा, लमजुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, म्याग्दी, प्युठान, रोल्पा, दाङ, सल्यान, बाँके, बर्दिया, कैलाली र आसपासका जिल्ला भई बहने साना नदीहरूमा भने आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले उल्लेख गरेको छ।

महाशाखाका अनुसार आज बिहानको मापनमा कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सामान्य अवस्थामै छ।

भोलि र पर्सि पनि सातै प्रदेश भई बहने केही स-साना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ। नदी तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप