मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
अपडेट

वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध

मङ्गलबार, ३० असार २०८३, ०७ : ३२
मङ्गलबार, ३० असार २०८३

सारांश

  • गण्डकी प्रदेशका ४ सडक लगातारको वर्षा र पहिरोका कारण अवरुद्ध भएका छन् ।
  • नवलपुरको कालिगण्डकी करिडोर सडक खण्ड पहिरो र ढुंगामाटो खस्दा पूर्ण रूपमा अवरुद्ध भएको छ ।
  • म्याग्दीको बेनी दरबाङ र बेनी जोमसोम सडक खण्डमा पहिरो खस्दा पूर्ण रूपमा बन्द भएका छन् ।

पोखरा।  लगातारको वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशका ४ सडक अवरुद्ध भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एउटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । 

नवलपुरको गैँडाकोट नगरपालिका ३ को बिसपानी नजिक कालिगण्डकी करिडोर सडक खण्डमा पहिरो र ढुंगामाटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका १४ सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खसेको छ । केही समय अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।

म्याग्दीको बेनी नगरपालिका–४ घुमाउनेभीरस्थित बेनी दरबाङ सडक खण्डमा माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका २ नैनीभीर क्षेत्रमा पहिरो खस्दा बेनी जोमसोम सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

वर्षायाममा बाढी, पहिरो तथा डुबानको जोखिम रहेका ठाउँमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप