भारी वर्षाका कारण टेक्सासमा उद्धार र राहत कार्य ठप्प
सोमबार, ३० असार २०८२, ११ : २८
वासिङ्टन डीसी । टेक्सासमा भारी वर्षाले विनाश निम्त्याएको छ । निरन्तर वर्षाका कारण उद्धार र राहत कार्य रोकिएको छ । यसबाहेक धेरै घरहरूमा क्षति पुगेको र मानिसहरूलाई घरहरू खाली गर्न आदेश दिइएको खबर आएको छ ।
अमेरिकाको मध्य टेक्सासमा रहेको ग्वाडालुप नदीमा अचानक आएको बाढीले ठुलो विनाश निम्त्याएको छ । बाढीका कारण अहिलेसम्म १३२ जनाको मृत्यु भइसकेको छ ।
केर काउन्टीमा मात्र १६० भन्दा बढी मानिसहरू अझै बेपत्ता हुन सक्ने र वरपरका क्षेत्रहरूमा १० जना बेपत्ता भएको हुन सक्ने अधिकारीहरूले बताएका छन् ।
आइतबार मध्यरातपछि अधिकारीहरूले केही घरहरूमा गएर मानिसहरूलाई बाढी फेरि आउन सक्ने चेतावनी दिएका थिए । सो क्षेत्रका क्षेत्रका मानिसहरूलाई अधिकारीहरूले फोनमा अलर्ट पनि पठाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण