बैंकिङ क्षेत्रको उछाल एक दिन पनि टिकेन, सेयर बजारमा ३२ अङ्कको गिरावट
काठमाडौँ । मौद्रिक नीतिपछिको सेयर बजार दोस्रो दिन घटेर बन्द भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३५.०९ अङ्कले घटेर २७२५.७१ अङ्कमा झरेको हो । बजारमा आज ८ अर्ब १७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
बजारमा आज कारोबार भएका कम्पनीमध्ये ९८ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको मूल्य घटेको छ । बजारमा आज हाइड्रोपावर समूह बाहेक सबै परिसूचकमा गिरावट देखिएको छ ।
सबैभन्दा धेरै गिरावट बैंकिङ समूहको २.३५ प्रतिशत भयो । विकास बैंक, फाइनान्स, जीवन बीमा, माइक्रो फाइनान्स तथा अन्य समूहका परिसूचक समेत १ प्रतिशत भन्दा धेरैको गिरावट आएको छ ।
आइतबार बजारमा बैंकिङ, विकास बैंक, वित्त कम्पनी र माइक्रोफाइनान्सका कारण बजार बढेको थियो । ती समूहका लगानीकर्ताले प्रोफिट बुक गर्न थाल्दा बजारले करेक्सनको बाटो देखिएको छ । आज बजारमा अधिकांश कम्पनीको सेयरको मागभन्दा बढी आपूर्ति थियो ।
बजार घटे पनि आज कुनै पनि कम्पनीमा नकारात्मक वा सकारात्मक सर्किट लागेनन् । बजारमा आज एनआरएन इन्फास्ट्रक्चरको ४० करोड ८८ लाख तथा बुटवल पावर कम्पनीको ३९ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा आज कुमारी बैंक सबैभन्दा अगाडि रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण