मनमैजुमा ‘तिर’ हान्ने क्रममा एक जना घाइते
सोमबार, ३० असार २०८२, १८ : १८
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर–९ स्थित मनमैजुमा तिर हान्ने क्रममा एक जना घाइते भएका छन् । छन्त्याल सङ्घको खेल मैदानमा बोर्डमा तिर हान्दा लागेर ४१ वर्षीय हरि प्रसाद घर्ती घाइते भएका हुन् ।
बागलुङ घर भएर माछापोखरी बस्ने २४ वर्षीय रितिक छन्त्यालले खेल मैदानको बोर्डमा हानेको तिर घर्तीलाई लागेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । तिर हान्ने छन्त्याललाई प्रहरीले पक्राउ गरेको छ । घटनबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।
म्याग्दीको बेनी घर भएर मनमैजु बस्ने घाइते हरि प्रसाद घर्तीको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण