बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

छानबिन समिति बनेसँगै स्वत: निलम्बनमा परे ओझा

सोमबार, ३० असार २०८२, २१ : ३३
सोमबार, ३० असार २०८२

सारांश

  • बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा नक्कली कागजात पेश गरेको आरोपमा छानबिनमा परेका छन्।
  • सरकारले पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।
  • बीमा ऐन २०७९ अनुसार ओझा स्वतः निलम्बनमा परेका छन्।

काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न सरकारले समिति बनाएसँगै उनी स्वत: निलम्बनमा परेका छन् । 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथि नक्कली डकुमेन्ट पेस गरेर नियुक्ति लिएको आरोपमा छानबनि गर्न पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा छानबिन समिति बनाएको छ । 

बीमा ऐन २०७९ को दफा १२ को उपदफा ३ अनुसार उनी स्वतः निलम्बनमा परेका हुन्।

सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। पूर्वपत्रकार समेत रहेका उनी प्रतिस्पर्धी पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलालाई पछि पार्दै नियुक्त भएका थिए ।

उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले पनि छानबिन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप