मन्त्रिपरिषद् बैठक निर्णय
बीमा प्राधिकरणका अध्यक्षमाथि छानबिन गर्न सरकारले बनायाे समिति
सोमबार, ३० असार २०८२, २१ : ०४
काठमाडौँ । सरकारले पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न समिति बनाएको छ ।
सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ओझामाथि नक्कली डकुमेन्ट पेस गरेर नियुक्ति लिएको आरोपमा छानबनि गर्न समिति बनाइएको एक मन्त्रीले रातोपाटीलाई बताए ।
सरकारले गत फागुन १२ गते ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। पूर्वपत्रकार समेत रहेका उनी प्रतिस्पर्धी पूर्वसचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौलालाई पछि पार्दै नियुक्त भएका थिए ।
उनीविरुद्ध अख्तियारमा उजुरी परेपछि अख्तियारले पनि छानबिन गरिरहेको छ । उनी कांग्रेस सभापति शेर बहादुर देउवाको आशाीर्वादमा बनेको बताइन्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण