मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नदीमा डुबेर बेपत्ता दुई जनाको शव फेला

सोमबार, ३० असार २०८२, २१ : ५१
सोमबार, ३० असार २०८२

सारांश

  • बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ।
  • तुलसीपुर उपमहानगरपालिकाका १८ वर्षीय कुशल बुढामगर र १७ वर्षीय विधान केसीको शव फेला परेको हो।
  • उनीहरु पुरन्धारा छहरा अवलोकनका लागि गएका थिए र नुहाउने क्रममा दुर्घटना भएको थियो।

दाङ । यहाँको बबई नदीमा नुहाउने क्रममा  आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका  प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो ।

आज बबई गाउँपालिका–५ स्थित पुरन्धारा छहरा अवलोकनका लागि गएका उनीहरु छहरा नजिकैको बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिमबहादुर खड्काले बेपत्ता दुई किशोरको शव खोजी गर्ने क्रममा फेला परेको बताए ।
हाल दुवैको शव तुलसीपुर ल्याउने तयारी भइरहेको छ । मृतक दुवै जना तुलसीपुरको एक कलेजमा अध्ययनरत थिए । उनीहरु साथीहरुसँगै घुम्न भनेर त्यहाँ पुगेको प्रहरीले जनाएको छ । छ जना साथीहरु पुरन्धरा झरना अवलोकनका लागि पुगेका थिए । 

नुहाउन भनेर पहिले विधान नदीमा पसेपछि बगाएको थियो । साथीलाई बचाउन भन्दै कुशलले पनि नदीमा हाम फालेका थिए । त्यसपछि कुशल पनि बेपत्ता भएका थिए । उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै जिल्लाबाट गोताखोरको टोली त्यस स्थानमा पठाइएको थियो । स्थानीयवासीको सक्रियतामा बेपत्ता दुवैजनाको खोजी गर्ने क्रममा बेपत्ता भएको स्थानबाट १० किलोमिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप