युलिया स्वीरिडेन्को युक्रेनकी नयाँ प्रधानमन्त्री नियुक्त
सारांश
- राष्ट्रपति जेलेन्स्कीले युलिया स्वीरिडेन्कोलाई युक्रेनको प्रधानमन्त्रीमा नियुक्त गरेका छन्।
- निवर्तमान प्रधानमन्त्री डेनिस शामहललाई रक्षामन्त्री र रुस्टेम उमरोभलाई अमेरिकाका लागि राजदूत बनाइने सम्भावना रहेको छ।
- स्वीरिडेन्कोले युद्धग्रस्त अर्थतन्त्र सुधार, घरेलु सहयोग र हतियार उत्पादनलाई प्राथमिकता दिने बताएकी छिन्।
किभ । युक्रेनकी उपप्रधानमन्त्री युलिया स्वीरिडेन्कोलाई राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले देशको नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । निवर्तमान प्रधानमन्त्री डेनिस शामहललाई भने युक्रेनको नयाँ रक्षामन्त्री बनाइएको छ ।
रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका रुस्टेम उमरोभलाई अमेरिकाका लागि युक्रेनको राजदूत नियुक्त गरिने सम्भावना बढेको छ ।
३९ वर्षीया स्वीरिडेन्को पेशाले अर्थशास्त्री हुन् । अमेरिकासँग भएको खनिज सम्झौतामा उनले खेलेको भूमिकाले उनलाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको थियो ।
प्रधानमन्त्री पदमा आफ्नो नाम सिफारिस भएपछि स्वीरिडेन्कोले एक विज्ञप्ति जारी गर्दै युद्धग्रस्त युक्रेनको अर्थतन्त्र सुधार, घरेलु सहयोग कार्यक्रमको विस्तार र हतियार उत्पादन तीव्र पार्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताएकी छिन् ।
सरकारी कामकाजमा हुने ढिलासुस्ती अन्त्य, व्यापार प्रवर्द्धन र अनावश्यक खर्च कटौती गर्ने विषयमा पनि उनले स्पष्ट अडान लिएको जनाइएको छ ।
युक्रेनी संसदबाट नयाँ नियुक्तिहरूको अनुमोदन हुन बाँकी छ । तर, रूस–युक्रेन युद्धपछिको राजनीतिक परिस्थितिमा संसद पूर्ण रूपमा राष्ट्रपति जेलेन्स्कीको पक्षमा रहेकोले नियुक्तिहरू सहजै अनुमोदन हुने विश्वास गरिएको छ ।
राष्ट्रपति जेलेन्स्कीले स्वीरिडेन्कोको नेतृत्वमा सरकारको कार्यशैलीमा परिवर्तन आउने विश्वास व्यक्त गरेका छन् । साथै, नयाँ रक्षामन्त्री डेनिस शामहलको अनुभव युद्धकालीन परिस्थितिमा निकै उपयोगी हुने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण