सर्वोच्च अदालतले ट्रम्पलाई दियो शिक्षा मन्त्रालयका सामूहिक कर्मचारी कटौतीको अनुमति
काठमाडौँ । अमेरिकाकाे सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सङ्घीय शिक्षा मन्त्रालयले पाइरहेको पैसा र संसाधन कटौतीको योजनामा अगाडि बढ्न अनुमति दिएको छ ।
मन्त्रालयबाट १ हजार ४०० कर्मचारी निकाल्ने र यसले गर्दै आएको प्रमुख काम अन्य सङ्घीय एजेन्सीलाई सुम्पने ट्रम्प प्रशासनको निर्णयमा सङ्घीय न्यायाधीशले लगाएको रोक सर्वोच्च अदालतले बहुमतले सोमबार फुकुवा गरेको छ ।
ट्रम्प प्रशासनको कदम रोक्ने तल्लो अदालतको निर्णयले कानुनी चुनौतीको सामना गरिरहेको समयमा यो निर्णय भएको हो । सर्वोच्च अदालतको यस निर्णयले ट्रम्प प्रशासनलाई निकै ठुलो राहत दिएको छ ।
अमेरिकी कंग्रेसले १९७९ मा शिक्षा मन्त्रालय खडा गरेको थियो । कंगेसले मात्रै यसलाई बन्द गर्न सक्थ्यो । तर ट्रम्पले मन्त्रालयबाट एकै पटक धेरै मान्छे निकालेर यसलाई काम गर्नै नसक्ने बनाउन खोजेको समाचारमा बताइएको छ ।
उनको यस कदमले अन्ततः मन्त्रालय पूरै बन्द हुनेछ । मन्त्रालयबाट सामूहिक रूपमा कर्मचारी निकाल्ने निर्णयबारे प्रशासनले पेस गरेको तर्कलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ ।
टु«थ सोसलमा एउटा पोस्ट गर्दै ट्रम्पले सर्वोच्च अदालतको यस निर्णयको प्रशंसा गरेका छन् । तर शिक्षा मन्त्री लिन्डा म्याक्मोहनले यस निर्णयलाई लज्जास्पद भनेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : दुई मन्त्रीद्वारा सभामुखको ‘अपमान’देखि प्रमाण लुकाउन कागजात नै गायबसम्म
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण