अपडेट
सेयर बजारमा ३४ अङ्कको वृद्धि, कारोबार ९ अर्ब ४१ करोड
मङ्गलबार, ३१ असार २०८२, १५ : २३
काठमाडौँ । साताको कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा उत्साहजनक वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४.४६ अङ्कले बढेर २७६०.१७ को विन्दुमा पुगेको हो । आज बजारमा ९ अर्ब ४१ करोड १९ लाखको कारोबार भएको छ।
आज अधिकांश कम्पनीको सेयर मूल्य बढेका छन् । आज कारोबारमा आएकामध्ये २०९ वटा कम्पनीको सेयर मूल्य बढ्दा ३९ वटा कम्पनीको मात्र घटेको छ ।
आज सबै समूहगत परिसूचकमा वृद्धि हुँदा सात वटा समूहका एक प्रतिशतभन्दा धेरै र बाँकीमा सोभन्दा कमको वृद्धि रहेको थियो ।
बजारमा बढे पनि आज कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक वा नकारात्मक सर्किट लागेन । सुपर मादी हाइड्रोपावरको मूल्य सर्वाधिक ८।०८ प्रतिशतले बढ्यो ।
कारोबार रकमका आधारमा आज बुटवल पावर कम्पनी सबैभन्दा अगाडि रह्यो । उक्त कम्पनीको ५२ करोड ३२ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण