रोटरी क्लब अफ नागार्जुनको अध्यक्षमा गैरे निर्वाचित
काठमाडौँ । रोटरी क्लब अफ नार्गाजुनको वर्ष अध्यक्ष पदमा विशाल गैरे निर्वाचित भएका छन् । क्लबको हालै सम्पन्न साधारणसभाले सन् २०२५/२६ का लागि उनको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो । क्लबले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ, जनचेतनाजस्ता सामाजिक कार्यमा सक्रिय छ ।
क्लबको प्रसिडेन्ट इलेक्टमा फनिन्द्रराज पाण्डे, उपाध्यक्षमा अभय पौडेल, सचिवमा अर्जुन कुमार खड्का, कोषाध्यक्षमा निखिल अग्रवाल, सहसचिवमा हार्दिक सुवेदी निर्वाचित भएका छन् ।
यस्तै, क्लब डाइरेक्टरमा सुदिप आचार्य, शम्भु अमगाई, यादव प्रसाद ढुङ्गाना, सुरेन्द्र सिटौला, डा.विष्णु प्रसाद गौतम, प्रकाश डोटेल, सुशील खड्का, सतीश सर्मा, शर्मिला थापा, मन्दिप पोख्रेल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गैरे एक दशकदेखि उद्यमशीलता, युवा नेतृत्व, सुशासन र मिडिया क्षेत्रका विभिन्न सङ्घ संस्थामा क्रियाशील छन् । सार्वजनिक नीति, सुशासन र भ्रष्टाचार निवारणमा स्नातकोत्तर उनी इन्टरनेशनल गभरनेन्स इन्ष्टिच्युटका अध्यक्ष समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै देशभर रगतको मौज्दात हेर्न सकिने
-
सांसदले असहमति जनाएपछि लेखा समितिमा रोकियो राहदानी प्रकरणको छलफल
-
गाडीले गेट त छेक्न सकिएला तर जनआवाजहरू छेक्न सकिन्न : भीष्मराज आङ्देम्बे
-
शैक्षिक परामर्श नियमावलीबारे रास्वपा महामन्त्रीसँग छलफल
-
सोनीको अलराउन्ड प्रदर्शनमा नेपालको सानदार विजयी यात्रा जारी
-
पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण