वर्षा
वाणगंगामा बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
बुधबार, ३२ असार २०८२, ०३ : २३
सारांश
- कपिलवस्तुको वाणगंगा क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ।
- जल तथा मौसम विज्ञान विभागका अनुसार थप वर्षाको सम्भावना रहेको छ।
- बाढीको जोखिमका कारण तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।
काठमाडौँ । कपिलवस्तु जिल्लाको वाणगंगा वर्षा मापन केन्द्र तथा आसपासका क्षेत्रमा पछिल्लो एक घण्टामा हल्का देखि मध्यम वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार उक्त क्षेत्रमा अझै थप वर्षाको सम्भावना रहेकाले स–साना नदीहरूमा पानीको सतह बढ्न सक्ने र बाढीको जोखिम उच्च रहेको छ।
विशेष गरी वाणगंगा क्षेत्रमा बहने साना नदी तथा खोलानालामा आकस्मिक बाढीको सम्भावना रहेकाले तटीय क्षेत्रहरू र डुबान हुने सम्भावित होचो भू–भागमा बसोबास गर्ने नागरिकहरूलाई उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ वर्षीया आकाङ्क्षा बनिन् रास्वपाको केन्द्रीय सदस्य
-
उपेन्द्र र राजकिशोर यादवबिच बढ्यो दुरी !
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण