बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने

बुधबार, ३२ असार २०८२, १२ : ०८
बुधबार, ३२ असार २०८२

सारांश

  • भारतको उत्तराखण्ड प्रदेशमा हुने पञ्चायत निर्वाचनका लागि नेपाल-भारत सीमा नाका बन्द हुने भएको छ।
  • बैतडी र दार्चुला जिल्लाका नाकाहरू निर्वाचनलाई मध्यनजर गर्दै बन्द गर्ने निर्णय गरिएको छ।
  • दार्चुलाको पुलघाट र बैतडीको झुलाघाट नाका निर्वाचनको समयमा बन्द रहनेछन्।

बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ ।

यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचन हुँदैछ । उक्त निर्वाचनलाई मध्यनजर गरेर बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनका अनुसार दार्चुलाको पुलघाट  नाका  जुलाई २१ (आगामी साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन  ८ गते) बिहानसम्म बन्द हुनेछन् । यस्तै बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि साउन १२ गतेसम्म बन्द रहने उनले जानकारी दिए । उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप