साउन सुरु हुँदै गर्दा बजारमा पोते र मेहेन्दीको रौनक, न्युरोड र इन्द्रचोकमा जे देखियो
सारांश
- साउन महिना सुरु हुनै लाग्दा न्युरोड र इन्द्रचोक क्षेत्रमा महिलाहरूको चहलपहल बढेको छ।
- हरियो, पहेँलो र रातो रङका पोते र चुरा लगाउने चलन साउन महिनामा चल्ने गर्छ।
- धार्मिक विश्वासअनुसार, हरियो रंगलाई सकारात्मकता, ऊर्जा, र शान्तिको प्रतीक मानिन्छ।
काठमाडौँ । साउन महिना सुरु हुनै लाग्दा काठमाडौँ उपत्यकाको न्युरोड र इन्द्रचोक क्षेत्रका पोते बजारहरूमा महिलाहरूको चहलपहल बढेको छ।
हरित महिनाको आगमनसँगै पोते, चुरा, मेहेन्दी र हरिया पहिरनहरू किनमेल गर्न महिलाहरूको भीड देखिन थालेको हो।
साउन महिनामा हरियो, पहेँलो र रातो रङका पोते र चुरा लगाउने चलन छ। जुन महिना बिहीबारदेखि सुरु हुँदैछ ।
_gwTgFgCDpT.jpg)
धार्मिक विश्वास अनुसार, हरियो रंगलाई सकारात्मक सोच, ऊर्जा, शीतलता र शान्तिको प्रतीक मानिन्छ। हरियो रंगले प्राकृतिक सौन्दर्यसँग पनि गहिरो सम्बन्ध राख्ने भएकाले महिलाहरू यस महिनामा विशेषरूपमा यस रंगप्रति आकर्षित हुने गर्छन्।
_rWqBhKRqjA.jpg)
विवाहित महिलाहरूका लागि रातो रंगलाई सौभाग्य र खुशीको प्रतीक मानिन्छ भने हरियो रंगले पारिवारिक समृद्धि र सन्तुलन ल्याउने विश्वास गरिन्छ। साउन महिनामा विवाहित मात्र नभई अविवाहित महिलाहरूले पनि हरियो चुरा, पोते र मेहेन्दी लगाउने, हरियो रंगको पहिरन धारण गर्ने परम्परा छ।
_K0wvtN9xxo.jpg)
हिन्दू धार्मिक मान्यताअनुसार, साउनमा हरियो शृङ्गार गर्दा बुध ग्रह प्रसन्न भई घर–परिवारमा सुख, समृद्धि र शुभ फल प्राप्त हुने विश्वास गरिन्छ। यस महिनाभर महिलाहरू व्रत बस्ने, माछा–मासु, लसुन–प्याज नखाने कतिको परम्परा पनि छ ।
_aEXmKIvr6a.jpg)
_RSb8yU5kDt.jpg)
_gVSe6j3sVu.jpg)
_TY29gq12iK.jpg)
_KCu4C5byhJ.jpg)
_NXpAHGStns.jpg)
_Rw9dd2eEgo.jpg)
_S67awbiqtG.jpg)
_sbGHdVXBzV.jpg)
_pOv7z8MFlg.jpg)
_Qc6sJLoUCt.jpg)
_LIyT1hwD7c.jpg)
_j9LwgzoLG8.jpg)
_6TKkKFPP9T.jpg)
_Z5CvwuMM7Z.jpg)
_Db5qNnREPL.jpg)
_B2LEY3y4Dh.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला
-
ललितपुरमा २ किलो ७९३ ग्राम लागुऔषधसहित एक जना पक्राउ
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण