जङ्गली बँदेलको आक्रमणबाट ६ जना घाइते
दैलेख । यहाँको आठबीस नगरपालिकामा जङ्गली बँदेलको आक्रमणबाट ६ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बुधबार दिउँसो करिब साढे १ बजेतिर नगरपालिकाको वडा नम्बर ७ जक्सी भन्ने ठाउँमा घटना भएको हो ।
प्रहरी सूचना अधिकारी लालबहादुर सुनारका अनुसार मकैबारीमा लुकेर बसेको बँदेलले स्थानीयमाथि आक्रमण गरेको थियो ।घाइते हुनेहरूमा सोही ठाउँका ४५ वर्षीय मनबहादुर बुढुवाल, २१ वर्षीय नीरज कार्की, ५८ वर्षीय कमल कार्की, २३ वर्षीय डबल बुढुवाल, टेकबहादुर शाही र विकास कार्की रहेका छन् ।
घाइतेमध्ये टेकबहादुर शाहीको अवस्था गम्भीर रहेको र उनलाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ । अन्य पाँच जनाको अवस्था सामान्य रहेको र उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बँदेलले एकै पटक सबैलाई आक्रमण गरेको भने होइन । सुरुमा बाटोमा हिँडिरहेका चार जनालाई आक्रमण गरेको र त्यसको केही समयपछि अन्य दुई जनालाई आक्रमण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सन्तोष शाहमाथिको आरोप के हो ?
-
कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा, कर्णालीको भोल्टेज समस्या समाधान हुने
-
इतर पक्षको सर्वमान्य नेता बन्दै डा. शेखर, पार्टी टुक्रेको दाबी
-
संविधान संशोधनबारे एमालेले के–के गर्यो निर्णय
-
५५ वर्ष उमेर हद र ३० वर्षे सेवा अवधि लागु भए स्वास्थ्य क्षेत्रका झन्डै एक हजार जनशक्ति बाहिरिने
-
‘समय बलवान छ, सूर्य फेरि उदाउँछ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण