ललितपुर क्विन्सले रिटेन गर्यो कप्तान सलिनालाई
बिहीबार, ०१ साउन २०८२, १२ : ३०
सारांश
- ललितपुर क्विन्सले दोस्रो एभरेस्ट महिला भलिबल लिगको लागि सलिना श्रेष्ठलाई रिटेन गरेको छ।
- सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणमा उपविजेता बनेको थियो।
- भदौ २० देखि २८ सम्म दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग हुँदैछ।
काठमाडौँ । दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ ।
गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो ।
सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा उपविजेता भएको थियो । ललितपुरको आफ्नो मुख्य प्रशिक्षक उत्सव खड्कालाई यसअघि नै नियुक्त गरिसकेको छ भने सहायक प्रशिक्षकको जिम्मा युगेश हमाललाई सुम्पिएको छ ।
दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि भदौ २८ सम्म हुनेछ । दोस्रो संस्करणको लागि सहभागी टोलीहरूले अक्सन बाट खेलाडी खरिद गर्ने छ ।
शुक्रबार दिउँसो अक्सन हुने तालिका रहेको छ । अक्सनबाट प्रत्येक टोलीले ए क्याटेगोरी बाट १, बी बाट ३ र सी बाट ३ गरी ७ खेलाडी खरिद गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण