कपिलवस्तुमा सर्पको डसाइबाट बालिकाको मृत्यु
बिहीबार, ०१ साउन २०८२, १३ : १४
सारांश
- कपिलवस्तुमा सर्पको डसाइबाट १४ महिनाकी बालिकाको मृत्यु भएको छ।
- बालिकालाई घरमा सुतिरहेको बेला सर्पले डसेको थियो।
- उपचारका लागि अस्पताल लगिए पनि बालिकाको उपचारको क्रममा मृत्यु भयो।
बुटवल । कपिलवस्तु जिल्लामा सर्पको डसाइबाट बालिकाको मृत्यु भएको छ । जिल्लाको महाराजगन्ज नगरपालिका– २ मा सर्पको डसाइबाट स्थानीय झगरु पासवानकी १४ महिनाकी छोरी सङ्गीता पासवानको मृत्यु भएको हो ।
घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो । उपचारका लागि बहादुरगन्ज अस्पताल लगिएकी उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो । त्यहाँ उनको उपचारको क्रममा मृत्यु भएको गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
सात प्रदेशको कस्तो आयो कृषि बजेट ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गौतम डिल्लीबजार कारागार चलान
-
सात प्रदेशका ऊर्जा रणनीतिः उज्यालो अभियानदेखि नीतिगत सहुलियतसम्म
-
चुरेदेखि हिमालसम्म वन जोगाउने सातै प्रदेशका योजना
-
सञ्चार क्षेत्रकाे पुनर्संरचना गर्न श्रमजीवी पत्रकार सङ्घको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण