प्रचण्डको टिप्पणी– अहिलेको सरकार जहाँ टेक्छ, त्यहाँ भ्रष्टाचार
सारांश
- प्रचण्डले ओली सरकारले भ्रष्टाचार मात्र गरेको आरोप लगाए, देशलाई असफल बनाउने बाटोमा लागेको बताए।
- वाईसीएलको श्रम र उत्पादन अभियानको उद्घाटन गर्दै प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्न आग्रह गरे।
- उनले देश जटिल मोडमा रहेको र विपद् व्यवस्थापनमा जुट्न समेत आह्वान गरे।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले जहाँ टेक्यो त्यहीँ भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन् । बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा वाईसीएलको श्रम र उत्पादनसम्बन्धी अभियानको उद्घाटन गर्दै उनले ओली सरकारले भ्रष्टाचार बाहेक केही नगरेको आरोप लगाएका हुन् ।
सुशासनविरुद्ध खडा भएको वर्तमान सरकारले देशलाई असफल बनाउनेतर्फ अगाडि बढेको समेत उनले आरोप लगाए । ‘अहिलेको सरकारले जहाँ टेक्छ, त्यहीँ भ्रष्टाचार बाहेक केही नै छैन । सुशासनविरुद्ध खडा भएको यो सरकार सम्पूर्ण रूपले देशलाई असफल बनाउनेतिर अगाडि बढेको छ । हामी सबैले जनतासँग राम्रो सम्बन्ध बनाएर श्रम र उत्पादनसँग जोडेर सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा लाग्नुपर्नेछ’, उनले भने ।
प्रचण्डले संविधान, गणतन्त्र, सुशासन, सामाजिक न्याय र समृद्धिको दृष्टिकोणले अहिले मुलुक निकै नै जटिल मोडमा रहेको बताए । यस्तै देशमा अविरल वर्षाका कारण ठुलो धनजनको क्षति भएकाले विपद् व्यवस्थापनका लागि जुट्न समेत उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण