राजनीति
विधान महाधिवेशनबारे छलफल गर्न च्यासलमा एमाले सचिवालय बैठक
बिहीबार, ०१ साउन २०८२, १४ : ०९
काठमाडौँ । दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु भएको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
नेता गौतमका अनुसार बैठकमा विधान महाधिवेशनको तयारीका विविध विषयहरुमा व्यापक छलफल र निर्णयहरू हुनेछन् । खास गरी विधान संशोधन प्रस्तावका खाकाहरू बैठकमा पेस भएर छलफल हुनेछन् ।
बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्दैछन् । बैठकले साउन २ गते बस्ने पार्टी पोलिटब्युरो र साउन पाँच गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण