एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको इन्ट्री
बिहीबार, ०१ साउन २०८२, २१ : १०
सारांश
- वात्सल्य एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाज नयाँ टोलीको रूपमा प्रवेश गरेको छ।
- लुम्बिनी लाभाजले चितवन शक्तिको स्थान लिनेछ, जसले आगामी भदौमा हुने लिगमा प्रतिस्पर्धा गर्नेछ।
- सुश्री मिडियाको स्वामित्वमा रहेको लुम्बिनी लाभाजले महिला भलिबलमा योगदान दिने लक्ष्य राखेको छ।
काठमाडौँ । हिला भलिबलको फ्रेन्चाईज लिग वात्सल्य एभरेस्ट महिला भलिबल लिग (ईडब्लुभिएल) लुम्बिनी लाभाज नयाँ टोलीको रूपमा भित्रिएको छ ।
आगामी भदौमा हुने लिगमा पहिलो संस्करणमा खेलेको चितवन शक्तिको स्थानमा लुम्बिनी लाभाजको प्रवेश भएको हो । एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा लुम्बिनी लाभाजसँगै ६ फ्रेन्चाईज टोलीको सहभागिता हुनेछ ।
लुम्बिनी लाभाजको स्वामित्व सुश्री मिडियासँग रहनेछ । लुम्बिनी लाभाजको आगमनसँगै लुम्बिनीको महिला भलिबलमा विशेष योगदान लिने लक्ष्य रहनेछ । पछिल्लो समय लुम्बिनीमा महिला भलिबल खेलाडीहरू आउने क्रम बढेको छ । लुम्बिनी लाभाज छिटै आफ्नो मार्की खेलाडी, मुख्य प्रशिक्षक घोषणा गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण