वाल स्ट्रिट जर्नललाई ट्रम्पले दिए धम्की
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जर्नललाई धम्की दिएका छन्, जेफ्री एपिस्टनलाई लेखेको पत्रको समाचार छापेकोमा उनले मुद्दा दायर गर्ने चेतावनी दिएका छन्।
- ट्रम्पले एपस्टाइनलाई लेखेको पत्र नक्कली भएको दाबी गर्दै मिडियालाई सत्य देखाउन आग्रह गरेका छन्।
- ट्रम्पले वाल स्ट्रिट जर्नल, न्यूज कर्प र रूपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने धम्की दिएका छन्।
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घरेलु सञ्चार समूह वाल स्ट्रिट जर्नललाई धम्की दिएका छन् । जेफ्री एपिस्टनको ५० औं जन्मदिनमा उनलाई पठाएको पत्रसम्बन्धी समाचार सार्वजनिक गरेको मामिलामा ट्रम्पले वाल स्ट्रिट जर्नल, न्यूज कर्प र रूपर्ट मर्डोकविरुद्ध मुद्दा दायर गर्ने धम्की दिएका हुन् ।
वाल स्ट्रिट जर्नलले ट्रम्पको पुरानो पत्रलाई उद्धृत गरेर एउटा समाचार छापेको थियो । यो पत्र अर्बपति यौन तस्कर जेफ्री एपस्टाइनलाई लेखिएको थियो । एपस्टाइनले २०१९ मा जेलमा आत्महत्या गरेका थिए । ट्रम्पले वाल स्ट्रिटको समाचारलाई झूटो भन्दै मिडियाले सत्य देखाउन सिक्नुपर्ने भनेका छन् ।
ट्रम्पको आधिकारिक खाताबाट सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथमा एउटा पोस्ट साझा गरिएको थियो । यसमा द वाल स्ट्रिट जर्नल र रूपर्ट मर्डोकलाई राष्ट्रपति ट्रम्पले व्यक्तिगत रूपमा चेतावनी दिँदै ट्रम्पले एपस्टाइनलाई लेखेको भने कथित पत्र नक्कली भएको र उनीहरूले यसलाई प्रकाशित गरे भने तिनीहरूमाथि मुद्दा दायर गरिने पोष्टमा उल्लेख छ ।
आफूले यसको ख्याल राख्ने तर उनीसँग त्यसो गर्ने शक्ति नभएको मर्डोकले भनेका छन् । पत्र नक्कली हो भनेर वाल स्ट्रिट जर्नलका सम्पादक एम्मा टकरलाई पनि राष्ट्रपति ट्रम्प र क्यारोलिन लेविटले सिधै भनेका थिए ।
तर एम्मा टकर यसबारे कुनै कुरा सुन्न नचाहेको अनि तिनीहरू नक्कली, मानहानिपूर्ण समाचारका साथ अगाडि बढिरहेकोले चाँडै नै ट्रम्पले वाल स्ट्रिट जर्नल, न्युज कर्प र रूपर्ट मर्डाेक विरुद्ध मुद्दा दायर गर्ने पोष्टमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण