कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस् : सिंह
शुक्रबार, ०२ साउन २०८२, १० : १८
सारांश
- पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गरे।
- उनले ओभरपास वा अण्डरपास राख्ने विषयमा अहिले नै स्पष्ट हुनुपर्ने बताए।
- सिंहले कलंकी-बल्खु क्षेत्रका संरचनाबाट पाठ सिक्दै नयाँ पूर्वाधार निर्माण गर्न जोड दिए।
काठमाडौँ । पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहोर्याउन आग्रह गरेका छन् ।
शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताए।
आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नभएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उनले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराए ।
उनले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को हुन् हमासको नयाँ प्रमुख ?
-
नाटक ‘सेतो धरती’ को मञ्चन साउन १६ सम्म थपियो
-
१५औँ महाधिवेशन सर्वसम्मत हुन्छ भने देउवा समूहका मागबारे बोलेनन्
-
कलङ्की क्षेत्रमा जग्गाको मूल्याङ्कन : रिङरोड छेउमा घट्यो, अन्यत्र बढ्यो
-
होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन
-
बसपार्क घटना : निशाको शव भेटिएको गेस्टहाउसको कोठा युवकको नाममा बुक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण