ईश्वर पोखरेल भन्छन्– केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्ताव परिवर्तन गर्न सकिन्छ
सारांश
- एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पोलिटब्युरो बैठकमा गम्भीर छलफलको लागि आग्रह गरेका छन्।
- बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन मस्यौदामाथि छलफल हुनेछ।
- पोखरेलले ७० वर्षे उमेरहद र २ कार्यकालको व्यवस्थालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले शुक्रबार (आज) बस्ने पार्टीको पोलिटब्युरो बैठकमा सदस्यहरूलाई गम्भीरताका साथ छलफल र बहसमा सहभागी हुन आग्रह गरेका छन् ।
बैठक सुरु हुनु केही घण्टाअघि सामाजिक सञ्जालमा लेख्दै पोखरेलले पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधान संशोधन (मस्यौदा) माथि सचिवालय बैठकमा गम्भीरताका साथ छलफल भएकाे भन्दै पोलिटब्युरो बैठकमा पनि छलफलका लागि तयारी गर्न भनेका हुन् ।
पोलिटब्युरो बैठकबाट केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने सकिने पोखरेलको विश्वास छ । ‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो । आज पोलिटब्युरो सदस्यहरूका बिचमा छलफल हुने छ’, पोखरेलले भनेका छन्, ‘पोलिटब्युरोका सम्पूर्ण कमरेडहरू गम्भीरताका साथ छलफल बहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनुहुनेछ !’
पोखरेल ७० वर्षे उमेरहद र २ कार्यकाललाई निरन्तरता दिनुपर्ने पक्षमा छन् । तर सचिवालय बैठकले उक्त व्यवस्था हटाएपछि पोलिटब्युरोमार्फत परिमार्जन गर्न सकिने पोखरेलको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण