मानसिक पीडाबाट गुज्रिरहेको छु : विष्णु सापकोटा
काठमाडौँ । गायिका एलिना चौहानका पूर्वपति विष्णु सापकोटाले सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्ण सन्देश, मानसिक दबाब र चरित्र हत्या गर्ने प्रयासले आफू मानसिक पीडाबाट गुज्रिएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै यस्तो बताएका हुन् । उनले गायिका चौहानसँग सहमतीमा सम्बन्धविच्छेद भएपनि अहिले आफ्नोबारे बनेका अनावश्यक टिकटक भिडियो र भ्रामक गतिविधिले व्यक्तिगत र सामाजिक प्रतिष्ठामा गम्भीर असर पुर्याएको बताए ।
दुवै पक्षको समझदारीमा अदालतले निर्णय गरिसकेको विषयमा पुनः बोल्दै हिँड्नु अदालतको अपमान भएको समेत उनले बताए ।
‘अलग बसेको लगभग १ वर्ष र सम्बन्धविच्छेद भएको ६ महिना कटिसक्दा पनि केही व्यक्तिले पुराना विषयहरू सामाजिक संजालमा ल्याउन थालेका छन्, जसले मेरो व्यक्तिगत जीवन, परिवार र व्यवसायिक वातावरणमा नकारात्मक असर पुर्याइरहेको छ’ उनले लेखेका छन् ।
सापकोटाले मानहानी र व्यवसायिक नोक्सानीको क्षतिपूर्तिसहित अस्ट्रेलियामा कानूनी प्रक्रिया अघि बढाइसकेको पनि बताए । ‘कानुन सबैको लागि हुन्छ र न्यायको सहि मार्ग पनि त्यही हो’ उनले लेखेका छन् ।
उनले आफ्नो मौनतालाई कमजोरीको रुपमा नलिन आग्रह समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
-
विद्यार्थी सङ्गठनको संरचना हटाउने पत्राचारमा स्ववियुकाे आपत्ति, भन्याे– विश्वविद्यालयलाई सरकारको छाया बनाउन खोजियाे
-
अमेरिका र इरानबिच जारी तनाव मत्थर बनाउन सहमति
-
६० वर्ष उमेर पूरा भइसकेका विद्यालय कर्मचारीहरूलाई नहटाउन आग्रह
-
नेदरल्यान्ड्सविरुद्ध मोरक्को : मैदानको भिडन्तभन्दा पर आप्रवासन र पहिचानको कथा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण