ओलीलाई चुनौती दिने कर्ण थापाको प्रस्तावमा के छ ?
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले शुक्रबारको पोलिटब्यूरो बैठकमा प्रस्ताव प्रस्तुत गरेको छ । आजको बैठकमा थापाले ओलीलाई चुनौती समेत दिएका छन् । पार्टीमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याको रूपमा देखा परेको बताए । पार्टीमा स्वैच्छिक अवकाशको व्यवस्था नहुनुका साथै उमेर या कार्यकाल हदको व्यवस्था नहुनुले पनि समस्या निम्त्याएको उनले बताए ।
'कम्युनिस्ट आन्दोलनमा नेतृत्व हस्तान्तरणको विषय एउटा गम्भीर समस्याको रूपमा देखा परेको छ। पार्टीमा स्वैच्छिक अवकाशको व्यवस्था नहुनु, उमेर या कार्यकालको हद निर्धारण नहुनु र नेतृत्व हस्तान्तरणको आवश्यक प्रबन्ध नहुनु आदी कारणले गर्दा नेतृत्वमा रहेको व्यक्ति लामो समयसम्म कतिपय सन्दर्भमा आजीवन पनि नेतृत्वमा टिकिरहन चाहाने, पदबाट हट्दा अयोग्य भएको ठहरिने मनोवैज्ञानिक भयबाट त्रसित हुने र पदमा टिकिरहन अनेको वान्छित अवाञ्छित प्रयत्नहरू गर्ने तथा पद प्राप्त गर्न चाहनेले पनि वैध अवैध उपायहरू अवलम्बन गर्ने स्थिति देखा परेको गुटबन्दी र षडयन्त्रमूलक क्रियाकलापलाई पनि जन्माउने काम गरेको छ,'प्रस्तावमा भनिएको छ ।
यसले नेतृत्वको सहज हस्तान्तरणमा मात्रै बाधा नपुर्याएर नेतृत्व परिवर्तनको लागि अस्वस्थ होडवाजी, युवा पुस्ताबाट नेतृत्वको विकासमा अवरोध सिर्जना गरिरहेको थापाको भनाइ छ ।
आजकाे बैठकमा थापाले ७० वर्षे उमेरहद र दुई कार्यकालको विषयमा कुरा उठाएपछि बैठकमा थापा र ओलीबीच सवालजवाफ समेत भएको थियो ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण