मरेका मानिसहरुसँग कुरा गर्छन् यी चार वर्षको बच्चा, गर्छन् पूर्वजन्मका कुरा
द सन
इंगल्याण्डमा एक महिलाले आफ्नो चार वर्षको बच्चाले मरिसकेका व्यक्ति र आफ्नो पूर्वजन्कको कुरा गर्ने गरेको दाबी गर्छिन् ।
चार्ली बेटीले बारम्बार आफ्नो पूर्वजन्मको कुरा गरेर आमा मेगनलाई चकित तुल्याउने गरेका छन् ।
मेगनका अनुसार उनको छोराले खाना अड्किएका कारण आफ्नो मृत्यु भएको र पूर्वजन्मका बुवाको डुबेको मृत्यु हुने गरेको बताउँछन् ।
सोमरेसेट ब्रिडवाटरकी मेगन भन्छिन्, ‘मेरो छोराले सधैंभरी आफ्नो पूर्वजन्मको कुरा गरिरहन्छन् ।’
‘उनले निकै पुरानो नाम प्रयोग गर्छन् र आफ्नो बुवाको कसरी मृत्यु भएको थियो भन्ने जानकारी दिन्छन् ।’
‘उनी निकै अचम्मका छन् किनभने उनको उमेर चार वर्षमात्र भएको छ । बोल्न थालेदेखि नै उनले यस्तो कुरा गर्न थालेका हुन् । उमेर बढेसँगै उनको यसबारे कुरा पनि बढेको छ ।’
‘जब तपाईंले उसलाई यसबारे सोध्नुभयो भने उसले भन्दैन । आफूलाई मन लागेका बेला मात्र उसले कुरा गर्छ ।’
‘एक दिन जब मैले होसियार भएर खाउ, नभए अड्किन्छ भनेको थिएँ,’ उसले यसको जवाफमा भन्यो, ‘हो नि, मलाई बच्चा बेलामा अड्किएको थियो ।’
मैले उनलाई त्यसपछि के भयो भनेर सोध्दा उसले भन्यो, ‘मेरो मृत्यु भयो, त्यसपछि म सधैंको लागि बिदा भए । मेरी आमा निकै दुःखी हुनुभएको थियो ।’
‘चार वर्षको बच्चाले यस्तो कुरा गर्नु निकै अचम्म हो । उनी दुई वर्षको हुँदा देखि नै आफ्नो ‘बुवा’ बारे कुरा गर्दथे ।’
उनी थप्छिन्, ‘स्कूलमा छोराले उनको बुवाको डुबेको कारण मृत्यु भएको भनेपछि स्कूलकी शिक्षिकाले मसँग सम्पर्क गरिन् । मैले उनलाई उनको बुवाको अवस्था ठिक छ भनेर स्पष्टिकरण दिनु पर्यो ।’
चार सन्तानकी आमा मेगनले चार्लीको एउटा फोटो सेयर गरेकी छिन् । उक्त फोटोमा चार्लीको टाउकोमाथि अचम्मको प्रकाश देखिएको छ ।
यो उनको पूर्वजन्मको संकेत हुनसक्ने मेगनको अनुमान छ ।
उनी भन्छिन्, ‘उनी सधैं अन्य बालबालिकाभन्दा फरक छन् । त्यसकारण मलाई लाग्यो कि उनको टाउको माथिको प्रकाश लाइटको खेल हुनसक्छ ।’
‘यो केही विशेष नहुन सक्छ तर यो के हो भन्ने थाहा पाउन पाए राम्रो हुन्थ्यो । यसको व्याख्या के हुनसक्ला त्यो म जान्दिनँ ।’
‘फोटोमा देखिएको प्रकाश सूर्यको हुनसक्छ । तर उनीमा मात्र सूर्यको किरण पर्नु र यसले उनको अनुहारसमेत ढाक्नु, रोचक छैन ?’
‘म यो भन्दिनँ कि यो कुनै शक्तिको उपज हो । चार्लीले मलाई जे कुरा भन्ने गरेका छन्, त्यो के हो भन्ने मेरो मनमा प्रश्न उठ्छ ।’
यसबारे प्यारानोमल एक्सपर्ट जूली कन्क्राफ्टले रुची देखाएकी छिन् । जूली भन्छिन्, ‘यो निकै रोचक केस हो । निश्चित नै यो बच्चाको दिमागमा पूर्व जन्मको याद अझै पनि ताजा छ । उनी त्यसैबारे कुरा गर्छन् । यति कम उमेरमा बच्चाले झुटो पनि बोल्दैनन् । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण