‘स्मार्ट ठेगाना प्रणाली’बारे अमेरिकामा छलफल
सारांश
- कालिका नगरपालिकाले जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्यबारे अमेरिकामा छलफल भयो।
- अमेरिकामा रहेका गैरआवासीय नेपाली, राजदूत र राजनीतिज्ञहरूले यो प्रणालीको प्रशंसा गरे।
- नगरपालिकाले जिपिएस प्रणालीबाट नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण थालेको छ।
काठमाडौँ । चितवनको कालिका नगरपालिकाले सुरु गरेको जिपिएस प्रणालीमार्फत घर नम्बर राख्ने कार्य (स्मार्ट ठेगाना प्रणाली) बारे अमेरिकामा छलफल भएको छ । अमेरिका भ्रमणमा रहेका कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीसँग गैरआवासीय नेपाली, त्यहाँस्थित नेपाली राजदूत तथा सहभागी राजनीतिज्ञरुले अमेरिकी राजधानी वासिङ्टन डिसीमा प्रयोग गरिएको यो प्रणाली कालिकाले अवलम्बन गरेकामा प्रशंसा गरेका हुन् ।
डिसीस्थित नेपाली राजदूतावासमा भएको छलफलमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले कालिका नगरपालिकाले सुरु गरेको स्मार्ट ठेगाना प्रणालीको प्रशंसा गरेका नगरप्रमुख रेग्मीले जानकारी दिए ।
आज भर्जिनियामा भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रममा पनि जिपिएस प्रणालीबाट घर नम्बर राख्ने (स्मार्ट ठेगाना प्रणाली) बारे आफूले जानकारी दिएको उनले बताए । कालिकाले जिपिएस प्रणालीबाट नगरको नक्साङ्कन, सडक रेखाङ्कन र नामकरण थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण