राप्रपा नेता गिरीको पदमुक्तिमा कर्णालीका नेताहरूको आपत्ति, निर्णय फिर्ता गर्न सामूहिक अपिल
सारांश
- राप्रपा कर्णाली प्रदेशका सदस्यहरूले उपाध्यक्ष मुकुन्द श्याम गिरीलाई पदमुक्त गरेकोमा आपत्ति जनाएका छन्।
- गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल फिर्ता लिन पार्टी नेतृत्वलाई उनीहरूको सामूहिक अपिल छ।
- पार्टी विधान विपरीत कार्य भएको भन्दै गिरीलाई पुनः जिम्मेवारी दिन आग्रह गरिएको छ।
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कर्णाली प्रदेशका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले पार्टीका उपाध्यक्ष मुकुन्द श्याम गिरीको पदमुक्तिको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै उक्त निर्णय तत्काल फिर्ता गर्न पार्टी नेतृत्व समक्ष सामूहिक अपिल गरेका छन्।
राप्रपा स्थापनाकालदेखि निरन्तर सक्रिय रहँदै आएका जनप्रिय तथा निष्ठावान् नेता गिरीलाई कुनै पूर्व सूचना वा स्पष्टीकरणबिनै उपाध्यक्ष एवं केन्द्रीय समिति सदस्य पदबाट पदमुक्त गरिएको घटनाले गम्भीर ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ।
गिरीको पार्टीप्रतिको योगदान, त्याग र निष्ठालाई बेवास्ता गर्दै विधान विपरीत कारबाही गर्नु पार्टी हित र एकताको भावना विपरीत भएको अपिलमा उल्लेख गरिएको छ।
पार्टीको विधि, मर्यादा र साङ्गठनिक एकता संरक्षणका लागि उक्त निर्णय खारेज गर्दै गिरीलाई पूर्ववत् जिम्मेवारीमा पुनर्स्थापना गर्न उनीहरूले आग्रह गरेका छन्।
कर्णाली प्रदेश अध्यक्ष दिपबहादुर शाही, महामन्त्री कुन्ति कुमारी शाही, सहायक महामन्त्री सौरेन्द्र बहादुर शाह, सुर्खेत–काठमाडौँ सम्पर्क समाजका अध्यक्ष टीका योगी, तथा केन्द्रीय सदस्यहरू सत्यबहादुर शाही (कालिकोट), कालिबहादुर शाही (हुम्ला), सुनिता शाह (सुर्खेत), यज्ञ बहादुर सिंह (जाजरकोट), जनक सिंह ठकुरी (सुर्खेत), भिम बहादुर शाही (जुम्ला), अनुपम सिंह श्रेष्ठ (सल्यान), दिपक मल्ल (रुकुम पश्चिम), दिपक खनाल (जाजरकोट), बबिता शाही (दैलेख), धनसुर शाही (कालिकोट) र आमन्त्रित केन्द्रीय सदस्य अमर गिरी (सल्यान) ले शनिबार सामूहिक अपिल जारी गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण