लिचीबारी जग्गा प्रकरण: बिचौलिया लामाको सदस्यता एमालेले नवीकरण नगर्ने, मन्त्रीलाई कारबाहीको माग
सारांश
- पोखराको लिचीघारी जग्गा प्रकरणमा बिचौलिया बनेका एमाले नेता सुजन लामाको सदस्यता नवीकरण नहुने भएको छ।
- जग्गा भूमाफियालाई घुस दिलाएको आरोप लागेका मन्त्री बलराम अधिकारीको राजीनामाको माग गरिएको छ।
- एमाले कास्कीले घुस काण्डमा छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ।
पोखरा । पोखराको बाटुलेचौरमा रहेको लिचीघारी जग्गा प्रकरणमा बिचौलिया बनेका एमालेका नेता सुजन लामाको सदस्यता नवीकरण नहुने भएको छ । एमाले कास्कीको शनिबार भएको एक भेलाका क्रममा उनको सदस्यता नवीकरण गर्न नहुने आवाज उठेको हो । एमालेले उनको सदस्यता नवीकरण नगर्ने जनाएको छ ।
यस्तै, जग्गा भूमाफियालाई दिलाउन घुस लिएको आरोप लागेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको राजीनामा मागिएको छ । अधिकारीलाई पनि पार्टीले कारबाही गर्नुपर्ने माग उठेको जिल्ला उपाध्यक्ष भेषराज बरालले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय भने गरेको छैन ।
‘नेताहरूले कारबाहीको कुरा उठाउनुभयो । मन्त्रीको नाम नै उल्लेख भएको थिएन,’ उनले भने, ‘कारबाही र सदस्यता नवीकरण गर्न नहुने माग जोडतोडले उठ्यो । निर्णय भएको छैन ।’ बैठकमा केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापा र जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले राजकुमार गुप्ताले राजीनामा दिइसकेको अवस्थामा अधिकारीले पनि पदबाट हट्नुपर्ने तर्क राखेका थिए ।
घुस डिल काण्डलाई छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने माग एमाले कास्कीको छ । बैठक पुष्पलाल स्मृति दिवसको तयारीका लागि बसेको थियो । तर समसामयिक रुपमा घुस काण्ड छताछुल्ल भएपछि यसमा पनि निर्णय लिनुपर्ने माग सहभागीहरुको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढापाकाले धानेको घुम्ती गोठ
-
शनिबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
२३१ जना प्रहरी नायव निरीक्षकमा बढुवा सिफारिस (सूचीसहित)
-
विरासत जोगाउने दाउमा स्पेन र उरुग्वे, केप भर्डेको ऐतिहासिक प्रदर्शनले समीकरण रोचक
-
१० वर्ष कैद भुक्तान गरेका व्यक्ति लागुऔषधसहित पक्राउ
-
टीकापुरका महिला सीप सिकेर आयआर्जन गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण