धनुषामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
आइतबार, ०४ साउन २०८२, ०९ : २२
सारांश
- देशभर मनसुनी वायुको प्रभाव रहेको छ, जसले गर्दा विभिन्न प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
- धनुषा जिल्लाको तुलसी वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यम वर्षा मापन गरिएको छ।
- जल तथा मौसम विज्ञान विभागले उक्त क्षेत्रमा थप वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरेको छ।
धनुषा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ।
देशभर साधरणतया बदली रहेको छ भने कोशी प्रदेश,मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।
आइतबार बिहान बिहान ८:५६ बजेको मापन अनुसार पछिल्लो १ घण्टामा धनुषा जिल्ला स्थित तुलसी वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यम वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सो क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलामा आकस्मिक बहाव बढ्न सक्ने रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ए स्टार नेपाल बास्केटबल लिग २०२६ को सेमिफाइनल समीकरण पूरा
-
एकअर्कालाई 'धन्यवाद' र 'सरी' भन्दै सकियो रास्वपाको बैठक
-
विज्ञापन प्रतिबन्धले निजी मिडिया संकटमा, नीति पुनर्विचार गर्न सरकारसँग आग्रह
-
उदयपुर बस दुर्घटना : घाइते ३० मध्ये २३ जना डिस्चार्ज, ७ जनाको उपचार हुँदै
-
आकर्षक उपहारको प्रलोभन देखाएर चिट्ठा मार्फत ठगी गर्ने पक्राउ
-
रास्वपा महाधिवेशनः सभापतिमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण