मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडौँ उपत्यकाकासहित आइतबार यी नदीमा आकस्मिक बाढीको जोखिम

आइतबार, ०४ साउन २०८२, ०९ : २३
आइतबार, ०४ साउन २०८२

सारांश

  • देशभर मनसुनी वायुको प्रभाव रहेको छ, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षा भइरहेको छ।
  • तमोर र कन्काई नदीको जलसतह सतर्कता आसपास रहेको छ भने अन्य नदीहरूमा बहाव सतर्कता तहभन्दा तल छ।
  • इलाम, झापा लगायतका जिल्लाहरुमा आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको पूर्वानुमान छ।

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। कोशी प्रदेश,मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि भइरहेको छ।

आइतबार बिहानको मापन अनुसार कोशी को सहायक नदी तमोर र कन्काई नदी को जलसतह सतर्कता आसपास रहेको, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव सतर्कता तह भन्दा तल रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

आज इलाम, झापा, मोरङ, सुनसरी, ताप्लेजुङ, संखुवासभा, पाँचथर, तेह्रथुम, धनकुटा, खोटाङ, ओखलढुङ्गा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुली, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङ, गोरखा, सल्यान, सुर्खेत, दैलेख, र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ। 

त्यसै गरी सोलुखुम्बु, रामेछाप, भोजपुर, बारा, रौतहट, सर्लाही, महोत्तरी, मकवानपुर, काभ्रेपलान्चोक, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, जाजरकोट, कालिकोट, डोटी, बाजुरा, अछाम, बझाङ, जुम्ला, बैतडी, डडेल्धुरा र आसपासका जिल्ला भई बहने स-साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ ।

12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप