शाह र मोक्तानलाई एक लाखसहित ‘राष्ट्रिय सङ्गीत सम्मान’ प्रदान
सारांश
- वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीतकार शिलाबहादुर मोक्तानलाई 'राष्ट्रिय सङ्गीत सम्मान २०८१' प्रदान गरियो।
- सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८१' दिवंगत कलाकार घनश्याम गौतम 'नक्कली प्रचण्ड'लाई प्रदान गरियो।
- गायक सत्यराज आर्चायले बुबाआमालाई पुज्ने मान्छे कहिल्यै पछि नपर्ने बताए।
काठमाडौं । भक्तराज आचार्य ‘राष्ट्रिय सङ्गीत सम्मान २०८१’बाट वरिष्ठ गायिका चन्द्रकला शाह र सङ्गीतकार शिलाबहादुर मोक्तान सम्मानित भएका छन् ।
लाई राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ले शाह र मोक्तानलाई उक्त सम्मान प्रदान गरेको हो । प्रतिष्ठानका संरक्षक सुशीला आचार्य तथा सिटी एक्सप्रेसका प्रवन्ध निर्देशक चन्द्र टण्डनले जनही एक लाख रुपैयाँ राशिसहितको उक्त सम्मान गायिका शाह तथा सङ्गीतकार मोक्तालाई प्रदान गरे ।
त्यस्तै, यस वर्षको ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८१’ दिवंगत कलाकार घनश्याम गौतम ‘नक्कली प्रचण्ड’लाई प्रदान गरिएको छ । उनको सम्मान गौतम पत्नी घनज्योति गौतमले लिइन् ।
कार्यक्रममा गायक सत्यराज आर्चायले हृदयदेखि नै बुबाआमालाई पुज्ने मान्छे कहिले पछि नपर्ने बताए । उनले मानिस भएर जन्मिसकेपछि समाजमा केही छाप छाड्नुपर्छ भनेर जानुपर्छ भन्ने सोच रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण