बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
सारांश
- नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता तान्ने भएको छ।
- बैंकले निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ४२ दिनका लागि तरलता प्रशोधन गर्नेछ।
- नयाँ मौद्रिक नीति कार्यान्वयनपछि पहिलो पटक निक्षेप सङ्कलन उपकरण बोलकबोल हुँदैछ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकहरुले लगानी गर्न नसकेको करिब पौने सात खर्ब रुपैयाँ राष्ट्र बैंकले तानिसकेको छ । आइतबार थप ५० अर्ब रुपैयाँ तरलता राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट खिच्ने भएको हो ।
निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोधन गर्न लागेको छ । साँवा ब्याज भुक्तानी आगामी भदौ १५ गते बुझाउने राष्ट्र बैंकले जनाएको छ । निक्षेप सङ्कलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ ।
नयाँ मौद्रिक नीति कार्यान्वयनमा आएपछि केन्द्रीय बैंकले पहिलो पटक निक्षेप सङ्कलन उपकरण बोलकबोल गर्न लागेको हो ।
बोल गर्न सकिने रकम न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ ।
सोमबारका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण