रुससँग फेरि शान्ति वार्ता सुरु गर्न खोज्दैछ युक्रेन
सारांश
- युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको छ।
- युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अर्को हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेका छन्।
- जेलेन्स्कीले शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक रहेको बताए।
किभ । युक्रेनले रुससँग शान्ति वार्ता पुनः सुरु गर्न नयाँ प्रस्ताव गरेको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् । गत महिनादेखि रुस र युक्रेनबिचको वार्ता रोकिएकै समयमा जेलेन्स्कीको यो अभिव्यक्ति आएको हो ।
युक्रेनी वरिष्ठ सुरक्षा अधिकारी रुस्तम उमरोभले अर्काे हप्ता रुसी पक्षलाई भेट्ने प्रस्ताव गरेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । युद्धविरामको लागि हरसम्भव प्रयास गर्नुपर्ने पनि उनले बताए ।
उनले एकपटक फेरिरुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आमनेसामने भेटघाट गर्नुपर्ने कुरा दोहोर्याएका छन् । ‘शान्ति सुनिश्चित गर्न नेतृत्व स्तरमा बैठक आवश्यक छ ।’ जेलेन्स्कीले भने ।
हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई हतियार दिने योजना घोषणा गर्दै ५० दिनमा युद्धविराम भएन भने रुसमाथि भारी ट्यारिफ लगाइने चेतावनी दिएका थिए । सन २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेको र्थियो । त्यसबेलादेखि दुई देशबिच युद्ध जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण