शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
वर्षा

पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा, अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना

आइतबार, ०४ साउन २०८२, २३ : ४९
आइतबार, ०४ साउन २०८२

सारांश

  • जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो तीन घण्टामा कञ्चनपुरको हनुमाननगरमा सबैभन्दा धेरै पानी परेको छ।
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ, साथै अन्य प्रदेशका केही स्थानमा पनि वर्षा भइरहेको छ।
  • विभागले नदी किनार, पहिरो सम्भावित क्षेत्र र होचा भूभागमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौँ। पछिल्ला तीन घण्टामा देशभरमा सबैभन्दा धेरै पानी कञ्चनपुरको हनुमाननगरमा परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हनुमाननगरमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको हो।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा, कोशी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

विभागले आगामी घण्टाहरूमा पनि थप वर्षा हुने सम्भावना रहेको भन्दै नदी किनार, पहिरो सम्भावित क्षेत्र र होचा भूभागमा बसोबास गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप